काठमाडौ पुस १
प्रियिमर इन्स्योरेन्स कम्पनीले २१ दसमलव पाँच प्रतिसत लाभांस दिने निर्णय गरेको छ । कम्पनीले गत आवको खुद मुनाफा मध्येबाट २० प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव पाँच प्रतिसत अर्थात ३९ लाख २९ हजार एक सय १९ रुपैयाँ नगद लाभांस बितरण गर्न लागेको हो ।
लाभांस बितरण सम्वन्धी प्रस्ताव कम्पनीले यही पुस १४ गते हुने २३ औं बार्षिक साधारण सभाले पारित गर्ने कम्पनीले जनाएको छ । यस बाहेक सभाले पुजी बृद्धि सम्वन्धी प्रस्ताव समेत पारित गर्ने छ ।