बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनएमबी बैकद्धारा गोरखनाथ मन्दिरको सरसफाई

बिहिबार, मंसिर ३० २०७३

काठमाडौ मंसिर ३० 
एनएमबी बैकले थापाथलीको गोरखनाथ मन्दिरको सरसफाई गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भुकम्पबाट पूर्णरुपले क्षतिग्रस्त भएको थापाथली स्थित गोरखनाथ मन्दिरको अबषेशलाई मन्दिर परिसरमै सुरक्षित राख्ने तथा सरसफाइ, व्यबस्थापन कार्यक्रमको आयोजना गरेको हो । 
बिनाशकारी भुकम्पले सो मन्दिर पूर्णरुपले क्षति भएको थियो । गुठि संस्थानसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानिय बासिन्दाहरुको सहभागिता थियो । “सम्पदा संरक्षणको साथमा एनएमबि बैंक” भन्ने नारा लिएर एनएमबि बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ साल देखि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । एनएमबि बैंकको एनएमबि सोसियल इनिशिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदा क्षेत्रहरुको जिर्णोद्धार, सफाइ कार्यक्रम तथा एनएमबि बैंक हेरिटेजवाकको पनि आयोजना गर्दै जानकारी बैकले दिएको छ ।