बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जनता बैकद्धारा दमकमा ३८ औ शाखा बिस्तार

बुधबार, मंसिर २९ २०७३

काठमाडौ मंसिर २९
जनता बैकले दमकमा ३८ औ शाखा बिस्तार गरेको छ । बैकले सेवाविस्तार गर्दै लाने क्रममा झापा जिल्लाको शाखा बिस्तार गरेको हो । शाखाको समुद्घाटन एक समारोहका बिच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेको बैकले जनाएको छ । 
बैकले गत आर्थिक बर्षमा ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले यस आर्थिक वर्षभित्र सिराहाको लहान, महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत उपयुक्त स्थानहरुमा शाखाहरु थपगर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने, बचत निक्षेप संकलन र कृषि तथा साना उद्यम कर्जा परिचालनमा जोड दिने र बैंकको मुनाफामा थप अभिबृद्धि गर्ने लक्ष्य लिएको छ ।