बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिद्धार्थ इन्स्योरेन्सले १९ प्रतिसत हकप्रद दिने

मंगलबार, मंसिर २८ २०७३

काठमाडौ मंसिर २८
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चुुक्ता पुंजीको १९ दसमलव २३ प्रतिसतको अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको छ । कम्पनीले आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो । आगामी पुुस २२ गते हुने १५ औं बार्षिक साधारण सभाले हकप्रद सेयर सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । 
सभाले एक दसमलव ५७ प्रतिसतको अनुपातमा ५४ लाख ४५ हजार रुपैयाँ नगद लाभांस बितरण गर्ने प्रस्ताव समेत पारित गर्ने छ । हाल चुक्ता पुंजी ३४ करोड ५८ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले चालुु आवको पहिलो त्रैमासमा तीन करोड ८० लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।