बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सेयर बजार १३ अंकले घट्यो, ५४ करोड रुपैयाँको सेयर बिक्री

सोमबार, मंसिर २७ २०७३

काठमाडौ मंसिर २७
सेयर बजार आज पनि उच्च अंकले घटेको छ । आज बजार १३ दसमलव ३७ अंकले घटेर १५ सय नौ दसमलव ४३ अंकमा झरेको छ  । सेन्सिटिभ पनि आज दुुई दसमलव ९७ बिन्दुुले घटेर तीन सय २६ दसमलव ६१ अंकमा झरेको छ । एक सय ३७ कम्पनीहरुको चार हजार १८ वटा कारोवारमा १० लाख दुुई हजार सात सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा आज ५४ करोड ८३ लाख १५ हजार तीन सय ५१ रुपैयाँको सेयर किनबेच भएको छ । 
आज दुुई वटा समुहले कमाएर छ वटा समुहले गुुमाएकाछन । गुुमाउने कम्पनीको सुचीमा परेको बीमा समुहको सुचक ६७ दसमलव ६४ अंकले घटेर सात हजार एक सय ५० अंकमा कायम रहेकोमा १२ करोड ४८ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य समुहको सुचक १६ दसमलव ६२ अंकले घटेर १४ सय ४० दसमलव ५१ अंकमा कायम रहेकोमा ३० करोड ६६ लाख ४९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि आज १२ दसमलव ६३ अंकले घटेर १५ सय ५० दसमलव ८७ अंकमा कायम रहेकोमा चार करोड ७४ लाख ६४ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल र अन्य समुहको सुचक आज सामान्य अंकले मात्र बढेको छ भने फाईनान्स, उत्पादनमुलक जलबिद्युुत समुहको सुचक उच्च अंकले घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा हिमालयन डिष्टिलरी, बढी गुुमाउने कम्पनीमा सिर्जना फाईनान्स र बढी कारोवार गर्ने कम्पनीमा एभरेष्ट बैक परेको छ । 
आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ताछन 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         बढेको मुल्य 
१    हिमायल डिष्ट्रिलरी    ६६५                ९.९२
२    एनबी इन्स्योेरेन्स कम्पनी    ३१८            ९.६६
३    हाम्रो बिकास बैक        ५६१            ४.४७
४    पोखरा फाईनान्स        २५१            २.८७ 
५    सिद्धार्थ ईक्विटी ओरियन्टेड स्किम    १२.४४        २.७३ 
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         घटेको सेयर मुल्य 
१    सिर्जना फाईनान्स        ५५३                ७.५२
२    फष्र्ट माईक्रो फाईनान्स        ९७०                ५.८२
३    तारागाउँ रेजिडेन्सी होटल    २००                ५.६६
४    बरुण हाईड्रो पावर         २६७                ५.३१
५    रिडी हाईड्रो पावर कम्पनी    २२८                ५