बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रविनको स्वर, डि.पीको शब्दमा ‘मेरी सानी’

शुक्रबार, जेष्ठ २० २०७९

काठमाडौं – गायक रविन लिम्बुको सुमधुर स्वरमा सजिएको ’मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतलाई  डि.पी खनाल र सदु खनालले सयुक्त रुपमा लेखेका हुन् । गीतमा शंकर थापा ‘स्माइल’ संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ । 

सहरमा भएको प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबीना थापा फिचर्ड छन् । सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायाँकन गरेका हुन् । 

अर्जुन जिसीले सम्पादन गरेको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।