बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बर्तमान नेपाललाई बिश्लेषण गर्दा

सोमबार, मंसिर २७ २०७३

तत्कालिन बिश्व साम्राज्यबाद बेलायतले यतिबेलाको भारतमा आफ्नो आधिपत्य जमाएको थियो । जतिबेला नेपाल मा भने राणा शाशन थियो । बेलायती आधिपत्यको भारतीय जनाताले बिरोध गरिरहेको बेलामा नेपालीहरुले पनि भारतिय जनतालाई सघाएका थिए । फलस्वरुप भरतीय जनता सफल भएर टाढाबाट आएर आधिपत्य कायम गरेर बसेको बेलायती शासनलाई परास्त गर्न भारत सफल भयो । भारतबाट बेलायत परास्त भएको कारीब ४ बर्ष पछी २००७ सालामा नेपालको जाहाँनिया राणाशासन पनी अन्त्य भयो ।
त्यति बेला नेपालीले सम्झिन्थ ेकी बेलायती साम्राज्यको पिडाबाट पिल्सिएका भारतीय मित्रहरुले पिडाबोध भएको कारण हामीलाई पिडा दिदैनन । तर भएन बास्तविकता उल्टो भैइदियो । भारतले सोच्न थाल्योकी बेलायतले हामीलाई जसरी पिडादिएर आफ्नो काबुमा राखेको थियो त्या ेभन्दा बढी पिडा दिएर नेपाल लाई  दुखदिनुनै आफ्नो कर्तव्य ठान्न थाल्यो । परिणामस्वरुप नेपाली माटो सुहाउँदो र उत्तर र दक्षिणको छिमेकी दुबैलाई एउटै आँखाले हेर्ने पञ्चायती ब्यवस्थाको त्यो राजा भएको मुलुकको बेग्लै ढंगको कम्युनिष्ट ब्यवस्थाको आँखामात्रै फोरिदिएन की भुतुक्कै पारेर मारिदियो ।
   त्यसो गर्नुमा अर्कोपनि कारण थियोकी नेपालको दाँजोमा जहिले पनि अशान्त भारतले राजा बिरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गराउन लागेको प्रस्ताब मनपराएन उस्ले सोच्यो की त्यसो भयोभने नेपाल शान्तिक्षेत्र भनेर बिश्वमा फैलिनेछ त्यसो हुँदा मेरो राजनिति मैलो साबित हुनेछ , त्यसैकारण मैले जसरी पनि नेपालको शान्तिक्षेत्र भात्काउनु पर्नेछ । उसैको योजनामा २०३६ सालमा जनमत संग्र्रह गर्न राजा बिरेन्द्र बाध्य भए । जसको लागि यहाँका अबुझ नेताहरु उसैको आज्ञा मान्ने आज्ञाकारी बने । त्यो योजना असफल भए पश्चात २०४६ सालको गोटि चालेर शान्तिक्षेत्रको प्रस्ताब पुरै ध्वस्त बनायो । त्यतिले पनि नपुगेर माओबादी जनयुद्द गरायो र १२ बँुदे दिल्ली सम्झौता गराएर नेपालको राष्ट्रिय सार्बभौम लाई कुण्ठित गर्ने उस्को अभिलाषाको बाधक राजसंस्थालाई उस्को उक्साहटमा अबैधानिक ढङ्गले पाखामा पुर्याइ दियो ।
   यतिबेला नेपाल निरिह बनेको छ । यतिबेला नेपाल भन्नेनै हो भने संबिधान बिहान बनेकोछ, २०७३ साल असोज ३ गते जारि भयो भनिएको अबैधानिक दस्ताबेज लाई संबिधान भनियो भने आफैले आफैलाई झुक्याउनु हुनेछ । यसरी संबिधानबिहिन बनेको नेपालका नेताहरु कसरी आफुलाई लेण्डुप दोर्जे बनाउन सकिन्छ भनेर प्रतिस्पर्धामा लागेको देख्दा  दुख लाग्छ । लाग्छ की धेरै धेरै लेण्डुप दोर्जे हरु अग्रसर भएका छन् राष्ट्रबादी राजा ज्ञानेन्द्र गुमनाम भएका छन् । जस्ले म नेपालको सम्पदा बिदेशीलाई जिम्मा लगाएर राजसंस्था जोगाएर राजा भैरहन चाहन्न भन्ने अठोटले राष्ट्रलाई हानि हुने कुनै काम गरेनन् । यि आदिकुरालाई बर्तमानको नेतृत्वले भुलसुधार गरेन र २०४७ को संबिधान क्रियाशिल गर्न सेना अघि नबढे नेपाल हराउन सक्छ ।  

लालकृष्ण धमला