स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३४ करोड ९४ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ५२ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी दुुई अर्ब ८१ करोड २४ लाख २६ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५७ अर्ब ४१ करोड २८ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३९ करोड १२ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब ९० करोड २८ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ५० करोड ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुई करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको बैंकको ‘राइट ब्याक’ रकम एक करोड ४३ लाख १८ हजार रुपैयाँ रहेको छ भने स्प्रेडदर चार दशमलव ५१ प्रतिशत रहेको छ । सो अवधिमा बैंकको कुल निष्क्रिय कर्जा शून्य दशमलव ३१ प्रतिशत रहेको छ ।