चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताएका छन् ।
आइतबार भरतपुरमा भएको एमाले चुनावी सभामा बोल्दै उनले गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको बताए ।
बादलले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाउँदै कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको समेत बताए ।
पूर्वगृहमन्त्रीसमेत भइसकेका ‘बादल’ले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरे । माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए ।
माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाइ भ्रममुक्त हुन आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाए ।