शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसमा: गठबन्धनविरुद्ध बोले पनि कारबाही

आइतबार, बैशाख २५ २०७९

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिएका छन् ।

आज (शनिबार) पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराए । 

‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन’, उनले भने, ‘अब कारबाही गरेर निकाल्छौं ।’  

‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरु हावा खाइसके’, उनले थपे, ‘अब झण्डा बोकेर हिंड्छन्, कुनै समस्या छैन ।’