शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष शेखको मृत्यु

आइतबार, बैशाख २५ २०७९

काठमाडौँ l धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु भएको छ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनको शनिबार बेलुकी मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।

शेखको आइतबार बिहान इस्लाम परम्पराअनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।