बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दर्जनौं युवा नेता एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत (तस्वीरसहित)

शुक्रबार, बैशाख २३ २०७९

काठमाडौं । केही महिना अघि नेकपा एमालेबाट अलग भएको एकीकृत समाजवादीका नेता कार्यकर्ता पार्टी परित्याग गर्दै एमालेमा फर्किने क्रम जारी छ ।

अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताले पार्टी फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् । माधव नेपाल कांग्रेस र माओवादीको पिछलग्गु बनेकोे, दक्षिणपन्थीहरुसँग मिलेर राष्ट्र हित विपरितका निर्णयमा साक्षी बसेको, गुटगत राजनीतिलाई प्रशय दिएको लगायतको आरोप लगाउँदै उनीहरु एमालेमा फर्र्किएको बताए । 

2.jpg
स्थानीय निर्वाचनको सन्मुखमा उनीहरुको प्रवेशलाई एमालेले महत्व दिएको छ ।
आज मात्रै नेकपा एस निकट युवा संघ नेपालका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरे ।  नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष  केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका छन ।

3.jpg
नव प्रवेशी हरुमा गोबिन्द बुढा (सचिवालय सदस्य एवं विदेश विभाग उपप्रमुख), प्रकाश खड्का, देव मगर, कमल सिंह बुढा लगायतका युवाहरु छन् ।

4.jpg 
उनीहरु युवा नेता अमित लामाको सकृयतामा एमालेमा फर्किएका हुन् । उनीहरुलाई नेकपा एमालेमा स्वागत गरिएको थियो ।

5.jpg

7.jpg

6.jpg

0.jpg

00.jpg

000.jpg