बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पेस्तोलसहित दाङबाट तीन जना पक्राउ

शुक्रबार, बैशाख २३ २०७९

दाङ । दाङ प्रहरीले अवैध पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । 
लमही नगरपालिका ३ टिकुलीगढस्थित गाडी ग्यारेजबाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भई तलमी नगरपालिका ३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आरन संचालन गरी बस्ने मुम बहादुर घर्ती मगर पक्राउ परेका हुन् ।

 गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । २० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडी विल्डर्सको ग्यारेज संचालन गर्दै आएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।