शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेलाई समर्थन गर्दै माओवादीका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, बैशाख २३ २०७९

बुटवल। नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवारले नेकपा एमालेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

शितगंगा नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमालेहरु उत्साहीत भएका छन् ।

यो वडा माओवादीको प्रभाव क्षेत्रको रुपमा चिनिदै आएको छ ।