शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘प्रचण्ड र आरजुको अभिव्यक्ति वर्तमान गठबन्धनलाई बुझ्ने राजनीतिक ऐना’

शुक्रबार, बैशाख २३ २०७९

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि तथा कांग्रेस नेतृ आरजु राणाको पछिल्लो अभिव्यक्तिमा चरम सर्वसत्तावादी चिन्तन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा खनालले लेखेका छन्–परोक्ष रुपमा ‘मेरी छोरीले हारिन् भने मुलुक दुर्घटनामा जान्छ’ भन्ने पुष्पकमल दाहाल तथा ‘जहाँ काँग्रेसको मेयर हुन्न, त्यहाँ पैसा पठाईन्न’ भन्ने आरजु देउवा राणाका अभिव्यक्तिहरू वर्तमान गठबन्धनलाई बुझ्ने राजनीतिक ऐना हो। 
जुन ऐनामा निरंकुशता, सर्वसत्तावाद र लोकतन्त्रविरोधी अनुहारबाहेक केही पनि देखिन्न। गठबन्धनका बाँकी दलहरू सर्वसत्तावादी कमरेड र अझै पनि राणा शासनै चलिरहेको ठान्ने मेडमका लाचार छाँया मात्र देखिन्छन्। दुर्भाग्य !!!

g.PNG

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा गरेको चुनावी सभामा बोल्दै गठबन्धनको सझौता अनुसार हँसिया-हतौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका थिए । 
यसैगरी देउवा पत्नि राणाले कैलालीको चुनावी सभामा कांग्रेसले मेयर नजितेका ठाउँमा बजेट नपठाउने बताएकी थिइन् ।