शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भोजपुरमा आगलागीमा परी अढाई बर्षिया बालिकाको मृत्यु

शुक्रबार, बैशाख २३ २०७९

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको बिहीबारे बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । 

बिहीबार साँझ घरमा अचानक आगलागी भएपछि अढाई वर्षकी रेश्मा तामाङको समयमा उद्धार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट बालिकाका बुवा २८ वर्षका खेममणी तामाङ र २३ वर्षकी आमा मिना तामाङसमेत गम्भीर घाइते भएका थिए । 

घाइते दुवैलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगोलागीबाट चार घर जलेर नष्ट भएको छ । 

साँझ साढे ७ बजेतिर लागेको आगोलागी नियन्त्रण बाहिर गए पछि भोजपुरका साथै दिङला र साम्पाङमा स्थानीय निर्वाचनका लागि खटिएको सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको थियो ।

सशस्त्र, प्रहरी र स्थानीयको सक्रियतामा आगो राति १० बजे तिर नियन्त्रणमा आएको हो ।