शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डुब्यो सत्तागठबन्धनले भरतपुरमा गर्न लागेको चुनावीसभा स्थल

बिहिबार, बैशाख २२ २०७९

भरतपुर । सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको भरतरपुर बसपार्क नजिकको सभास्थल डुबानमा परेको छ ।

 
गएराति परेको पानीले सत्ता गठबन्धनको चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो ।

सभाका तयार पारिएको मञ्च र टेन्ट राखिएकोठाउँ पनि जलमग्न भएको छ ।

सत्तागठबन्धनले आज भरतरपुरमा चुनावी सभा गर्ने कार्यक्रम छ । सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई सम्बोधन गर्न देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । भरतपुर महानरमा सत्ता गठबन्धनका तर्फबाट प्रचण्डपुत्री रेणु दाहाल प्रमुख र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् ।

 कांग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।