बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भरतपुरमा आज सत्तारुढकाे सभा, शेखर कोइराला नजाने

बिहिबार, बैशाख २२ २०७९

काठमाडौँ l सत्तारूढ गठबन्धनले आज चितवनमा चुनावी सभा गर्ने भएकाे छ।

सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन्।

सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, अर्का नेता शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल हिजाे नै चितवन पुगिसकेका छन्। कांग्रेसका नेता शेखर कोइराला भने सभामा नजाने भएका छन्। सभा भरतपुरको हाकिमचोकमा हुनेछ।