शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना, कहाँ-कहाँ ?

बिहिबार, बैशाख २२ २०७९

काठमाडौं । आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

मौसमविद्का अनुसार आज देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 

आज राति प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।