काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनको भरतपुरमा उजुरी परेको छ ।
उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको हो। बिहीबार भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन आउन लागेका देउवाविरुद्ध उजुरी दर्ता भएको हो।
उनी चितवन पुगिसकेका छन् । चुनावी सभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् ।
बिहीबार आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न देउवासँगै अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल चितवन आएका छन्।
देउवाको स्वागतमा केन्द्रीय सदस्यहरु जिल्लाका कांग्रेस र माओवादीका नेताहरु विमानस्थल पुगेका थिए। गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार रेनु दाहाल र उपप्रमुख उम्मेदवार चित्रशेन अधिकारी पनि थिए।