शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चौंरीदेउराली गाउँपालिकामा वर्चस्व फर्काउँदै एमाले

बुधबार, बैशाख २१ २०७९

काभ्रे । नेकपा एमालेले अघिल्लो स्थानीय तहको निर्वाचनमा काभ्रेको चौरी देउरालीमा अप्रत्यासित हार बेहोरेको भएपनि यस पटक भने वर्चश्व पुनस्र्थापित गर्ने लाइनमा देखिएको छ। वामशक्ति हावी भएको यहाँ यस अघिको निर्वाचनमा माओवादीले जित हात पारेको थियो ।

पछिल्लो समय माओवादी प्रतिनिधिसँग असन्तुष्ट देखिएका मतदाताले यस पटक भने एमाले रोज्ने देखिएको छ । केन्द्रिय राजनीतिमा माओवादीमा देखिएको विचलन, स्थानीय स्तरमा स्वार्थ केन्द्रित राजनीति र विकास निर्माण र बजेट विनियोजनमा समेत पहुँच र नातागोता हेरेका कारण यहाँका स्थानीय रुष्ट भएका हुन् । 
माओवादी प्रति मतदातामा आएको निरासाका कारण यहाँ एमाले बलियो बन्दै गएको छ । यहाँका बौद्धिक सर्कलदेखि युवा तन्नरीहरुमा यति बेला एमाले प्रवेशको लहर नै चलेको छ ।

Capture.PNG

मतदातामा देखिएको विचलनलाई क्र्यास गर्न एमालेले स्थानीय स्तरमा लोकप्रिय एवं बलिया उम्मेदवार उठाएको छ । 
एमालेबाट गाउँपालिका अध्यक्षको रुपमा सामाजिक अभियान्ता तथा बौद्धिक व्यक्तित्व जितराम लामा रहेका छन् । लामो समयदेखि भूगोलमा रहेर विभिन्न सामाजिक तथा अन्य रुपमा परिचित लामालाई भद्र तथा शालिन नेताको रुपमा जनताले लिएका छन्। यस्तै एमालेबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बबिता खरेल रहेकी छिन् । खरेल लामो समयदेखि पार्टीमा काभ्रे तथा चौंरी देउरालीमा योगदान पुर्याउदै आएकी छिन्  गाउँपलिकामा ९ वटा वडा रहेका छन् जसमध्ये वडा न १ बाङ्गथालीमा सुनिल लामा वडा अध्यक्षका उम्मेदवार छन् जनस्तरमा भिजेका लामा आफु जित हात पार्ने दाउमा छन् त्यस्तै वडा न २ नाग्रे गग्रचेमा छत्र प्रधान र ३ न मा सुकबीर लामा, ४ न मा जीवन चौंलागाईं, ५ न मा जयभद्र गौतम वडा अध्यक्ष रहेका छन्। लामो समयदेखि अध्यापन पेशा  तथा सामाजिक अभियान्ताका रुपमा सबैले मन पराउने शैली व्यवहार बोकेका गौतमले भने यस पटक ५ न चौरी देउराली हत्याउने लाईनमा छन्।

चौरी देउराली वडा न ५ का मतदाता अहिले जयभद्रलाई जिताउनमा लागेका छन्। अन्न्य प्रतिस्पर्धीको तुलनामा जयभद्रनै उचाइको जनप्रतिनिधि हुन् । त्यसैगरी वडा न ६ मा छबिलाल गौतम रहेका छन् । यस अघि अन्य दलको दबदबाका बिचमा पनि जित हात पारेका वडा न, ६ अहिले पनि गठबन्धन लाई पछार्दै जित्ने लाइनामा रहेको छ। यस अघिका वडा अध्यक्ष रेशम चौलागाईंले जनताको विभिन्न रुपमा मन जितेका छन्। विकासका लागी बजेट लगायत विकास योजना खानेपानी समेत एमालेले नै वजेट पेस गरिएको थियो ।

सोच के थियो भने पार्टी एकता हुँदा खानेपानीको जिम्मा भने माओवादीले लियो एमालेका भोटरलाई केही रुपमा खानेपानीमा भ्रम फैलाए पनि एमालेको योजनामा भएको बुझिएको छ बाटो खानेपानी  लगायतका जनतासँग घुलमिलका विषयले कुँडारी चौरी देउराली ६ मा एमाले नै अघिल्लो समय सरह जित्ने देखिन्छ । यस्तै वडा न ७ मादन कुँडारी पनि पछिल्लो समय संगठित रुपमा अब्बल रहेका छन्  वल बहादुर लामा अहिले ७ न।को चुनाबी मैदान मा रहेका छन्। वडा न ८ मा विर्ता देउराली भाने भन्ने चर्चित स्थानीय नेता देवी प्रसाद पन्त रहेका छन् एमाले बलियो भएको वडा मध्यको विर्ता देउराली पनि भएकाले उनि बलियो उमेदवार मानिन्छन् । पछिल्लो समय अन्य पार्टीबाट धेरै असन्तुष्टि जनाउने वडा मध्येको गोठेपानी  ९ वडाको रुपमा चर्चित छ। वडा अध्यक्ष को रुपमा रहेका श्याम लामा वडाबासीको सरल र सहज छविका उमेदवार मानिन्छन,त्यस्तै गाउँपालिका सहितको पुरै वडा भने एमालेको जित निश्चित देखिन्छ । यस जितका लागी गाउँपालिका अध्यक्ष उमेदवार जितराम लामाका सवल पक्षले पनि अन्य वडालाई राम्रो सहयोग पुग्ने देखिन्छ । क्रियटिभ सोच तथा योजना तर्जुमाका हकमा अब्बल रहेका लामाको चुनाबी संकल्पले पनि गाउँपालिकाका जनता जितराम कै पक्षमा जनलहरसहित उभिएका छन् । 

279612296_711132473362875_1433734878522288997_n.jpg

लामाले अघि सारेका संकल्प र योजनाका कारण पनि उनी बलिया उम्मेदवारका रुपमा चिनिएका हुन् । जनप्रतिनिधि शासकका नभई जनताका सेवक हुन् सामाजिक जागरण तथा विकासका अभियान्ता हुने उनको संकल्प छ । एमाले नेतृत्वमा रहेका पालिका तथा वडाहरु सुशासनमुखी नमुनाकै रुपमा बनाउने उनले योजना अघि सारेका छन् । यसैगरी उनी सदाचारमा दृष्टान्त स्थापित गर्ने लाइन छन् । उनी निर्वाचित भए जनप्रतिनिधिलाई भ्रष्टाचार विरुद्ध उभ्याउने, सुशासन र परिणाम मुखी योजना अघि सार्ने बताउँछन् ।  भ्रस्टचारी व्यभिचारी अनियमितता तथा सार्बजनिक सम्पति दोहनलाई निरुत्साही गर्ने, कडा कानुनी कारबाही लगायत संकल्पले गर्दा जित राम अहिले चौंरी देउरालीको बलिया उम्मेदवारका रुपमा स्थापित हुँदै गएका छन् ।

जनतासँग सजिलै घुलमिल हुनसक्ने र विकास योजनामा अब्बलका रुपमा परिचय बनाएका उम्मेदवारका कारण चौंरी देउरालीमा एमालेकै जित निश्चित रहेको बहुसंख्यक स्थानीयले बताउँदै आएका छन् ।