शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एयरपोर्टमा बम राखिएको हल्ला, केही समय आन्तरिक उडान रोकियो

बुधबार, बैशाख २१ २०७९

काठमाडौं । त्रिभुवन विमानस्थलमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल केहीबेर बन्द गरिएको थियो ।

सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ ।
विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । 

‘शंकास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले सर्च गर्‍यौं । सर्च गर्दा केही पनि फेला परेन । अहिले सबै उडान सुरु भइसकेका छन्,’ ढकालले भने ।

बुधबार बिहान अज्ञात व्यक्तिले एक्सचेन्जमा फोन गरेर विमानस्थलमा बम राखिएको जानकारी दिएका थिए । 

बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो । 

त्यसपछि सुरक्षा निकायले सर्च अप्रेशन चलाएको थियो ।