शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दलहरुले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा नबनाएकोप्रति कमल थापाको असन्तुष्टि

बुधबार, बैशाख २१ २०७९

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ । 

थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे । 

सामाजिक सञ्जालमा बुधबार बिहान उनले लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’

t.PNG