शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कमरेडहरुबीच खुकुरी हानाहान

मंगलबार, बैशाख २० २०७९

काठमाडौँ । रुकुम पश्‍चिमको त्रिवेणी गाउँपालिकामा वडा- १ मा दुई उम्मेदवारका समर्थकबीच सोमबार राति खुकुरी हानाहान भएको छ। खुकुरी हानाहानमा ६ जना घाइते भएको प्रहरीले जानकारी गराएको छ।

गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रबाट वडाध्‍यक्षका उम्‍मेदवार लक्ष्मण र स्वतन्त्रबाट वडाअध्‍यक्षमा उम्‍मेदवारी दिएका सुन्दर ओलीका समर्थकबीच झडप भएको प्रहरीले जानकारी गराएको छ।

झडपमा परी धर्मेन्द सुनार, टिकाजंग मल्ल, जीवन पुन, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन घाइते भएका छन्।