न्युयोर्क, कात्तिक २७ । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालको रुपमा रहेको फेसबुकमा गम्भीर त्रुटि फेला परेको छ । फेसबुकमा मृत्यु भइसकेका मानिसहरुको स्मृति स्वरुप राखिने प्रोफाइलहरुमा जीवित मानिसहरु पनि रहेको तथ्य खुलेको हो । यस्तो मारमा पर्नेमा फेसबुक कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरवर्ग पनि रहेका छन् ।
पछिल्लो समय देखिएको असामान्य त्रुटिको कारण धेरै मानिसहरुको प्रोफाइल स्मृति ब्यानरमा राखिएको देखिएको हो । फेसबुकले स्मृति ब्यानमा राखिसकेका मानिसहरुले पनि स्टाटस पोष्ट गर्ने गरेको पनि देखिएको छ । फेसबुक कम्पनीका प्रवक्ताले अहिले गम्भीर किसिमको भूल देखिएको र फेसबुकको यो गल्तीको कारण प्रयोगकर्तामा परेको असुविधाप्रति फेसबुक कम्पनी क्षमाप्रार्थी रहेको बताएका छन् ।
केही मानिसहरुले भने फेसबुकमा त्रुटि भएको पुष्टि भएसँगै ‘यो फेसबुकको गल्ती रहेको र आफू नमरेकोमा खुसी लागेको छ’ भन्दै स्टाटस पोष्ट गरेका छन् । फेसबुक कम्पनीले मरेका मानिसहरुको प्राफाइल स्मृति ब्यानमा राख्ने व्यवस्था सन् २०१५ मा ल्याएको थियो ।
यस किसिमको व्यवस्थापछि फेसबुकले मरेका मानिसहरुको लिभ म्यासेज दिने तथा उसका स्मृतिहरु सेयर गर्ने बताइएको थियो तर नमरेका मानिसहरुको पनि लिभ म्यासेज दिएपछि भने फेसबुकमा त्रुटि भेटिएको हो । अर्को विकल्पको रुपमा भने मरेपछि खाता बन्द हुनेछ । एजेन्सी