काठमाडौँ l नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको बताएका छन् । आइतबार हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सो कुरा गरेका हुन् । उनले आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको पनि बताए ।
स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिदै उनले अहिलेका स्वास्थ्यमन्त्री अगस्ते जस्तो अनुहार भएको आरोप लगाए। उनले भने – ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्’ उनले भने – ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’
उनलृ वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको आरोप पनि लगाए । उनले भने – ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले।’
उनले अहिलेको सरकार दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेर भ्रष्टाचारको चंगुलमा फसेको बताए ।