काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त आईजी अर्यालले भोलिदेखि कार्यभार सम्हाल्नेछन् ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा अर्याललाई बढुवा गरिएको हो ।