काठमाडौ । प्रहरी प्रधान कार्यालयले आज अपरान्ह चार बजे आईजीपीको बिदाइ कार्यक्रम राखेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले एकै पटक अनिवार्य अवकाश पाउँदैछन् ।
१९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जनाले प्रहरीको ३० वर्षे सेवाहदका कारण आइतबार अवकाश पाएका हुन् ।
अवकाश पाउनेहरूमा चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की र बसन्त कुमार पन्त छन् ।
त्यस्तै ११ जना डीआईजी र तीन जना एसएसपी छन् । डीआईजीहरूमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र शौरभ राणा छन् ।