शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

म्यादी प्रहरीको मृत्यु

शुक्रबार, बैशाख १६ २०७९

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।