शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

२० अंकले घट्यो नेप्से, सबै सुचक रातै

बिहिबार, बैशाख १५ २०७९

काठमाडौं
नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबारका दिन आज बिहिबार २० अंकले घटेर २३ सय ५६ दशमलव १७ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ३२ अंकले घटेर चार सय ५० दशमलव २४ अंकमा झरेको छ । आज दुई सय २६ वटा कम्पनीहरुको २८ हजार नौं सय १२ पटकको कारोबारमा ४५ लाख ७४ हजार पाँच सय २० कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार आठ सय आठ रुपैंयाँ पुगेको छ ।

 
आज १३ वटा समुहरुको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ३८ अंकले घटेर १५ सय ८० दशमलव २० अंकमा पुग्दा जलविधुतीय समुहको सुचक पनि २३ दशमलव चार अंकले घटेर २६ सय ७२ दशमलव २८ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ३० दशमलव १३ अंकले घटेर १७ सय ५४ दशमलव ८० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ४१ दशमलव ३३ अंकले घटेर १० हजार सात सय एक दशमलव तीन अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक, जीवन बीमा, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जाल्पा लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुह्याशोरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज आईएमई जनरल इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।