काठमाडौ। सरकारी स्वामित्वमा रहेको निजामति (सिभिल) अस्पताल वानेश्वरका निर्देशक डा. विधाननिधि पौडेलले स्वास्थ्य सामग्री खरिदलगायतका ठेक्कामा मनपरी गर्दै आएको खुलेको छ।
उनले नियमविपरित काम गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागले छानबिनको तयारी गरेको स्रोतले जनाएको छ।
अस्पतालका सामान खरिद प्रकरणमा डा. पौडेलले नियम मिचेर काम गर्दै आएका छन्। अनुसार ठेक्का प्रक्रिया सुरु हुनुपूर्व नै विभिन्न सप्लायर्सहरूँग बार्गेनिङ गरेका पौडेलले आफूलाई कमिशन दिने कम्पनीका स्पेक ल्याई त्यहिनुसार टेन्डरको डकुमेन्ट तयार पार्ने गर्छन्।
उनले छोरीको विवाहमा अस्वभाविक खर्च गरेका थिए। तर, त्यो खर्च आफूले नभई सप्लायर्सहरूसँग आर्थिक लाभ लिएर गरेको बताइएको छ।
उनले सप्लयार्स कम्पनीका कार्यालय पुगेर र कतिपयसँग होटल र रेष्टुरेन्टमा बार्गेनिङ गर्दै आएको आरोप पनि लागेको छ।
टेण्डर ओपन भएका बिभिन्न खरिद सामानमा स्पेक मिलाएर मूल्य समेत अस्वाभाविक राखेका पौडेलले अस्पतालमा गठन भएको खरिद सम्बधि निर्णय गर्ने कमिटीलाई समेत बेवास्ता गर्दै ठेक्का प्रक्रिया आफ्ना सेटिङका मान्छेलाई दिन आफै सही गर्दै निर्णय गर्ने गरेका छन्।
उनको यस्तो सेटिङका कारण अस्पतालका अन्य कर्मचारी र प्रशासनमा दबाब पर्दै आएको छ।