काठमाडौं । नेकपा एमालेले आज पार्टीको सम्पर्क मञ्चका पदाधिकारीसँग अभिमुखीकरण गर्ने भएको छ ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो आफ्नो जिल्ला फर्किन लागेका सम्पर्क मञ्चका पदाधिकारीहरुसँग छलफल गर्ने भएको हो ।
सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।