शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु 

मंगलबार, बैशाख १३ २०७९

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराति तीन जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा तीन जनाकै मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाकै पचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनानै पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । 

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।