शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देशैभरि झण्डै ५० हजारको मनोनयन

मंगलबार, बैशाख १३ २०७९

काठमाडौँ l देशभरिका ७ सय ५३ स्थानीय तहका लागि सोमबार साँझसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन्।

देशभरका २९३ नगरपालिकामा १ हजार ६५७ जनाले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख पदमा ९७५ जनाको मनोनयन परेको छ।

४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ६१० जनाले मनोनयनपत्र दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा १ हजार ५० जनाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्षमा १२ हजार ३१२ जनाको उम्मेदवारी परेको छ। वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ । त्यस्तै ७ हजार ६९३ जनाले महिला सदस्य पदमा उम्मेदवारी  दिएका छन्। दलित महिलातर्फ  ६ हजार ७११ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ।