शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विराटनगर महानगरको उपमेयरमा उपेन्द्रका छोरा अमरेन्द्र जसपाबाट उम्मेदवार

सोमबार, बैशाख १२ २०७९

विराटनगर  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् ।

जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो ।

अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् ।

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र एमालेबाट सागर थापा उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।