गोरखा । कांग्रेस गोरखामा नगरपालिकाको टिकटका विषमाय भाँडभैलो भएको छ । कांग्रेस कार्यकर्तालले गोरखा नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा नाराबाजीसहित तालाबन्दी समेत गरेका छन् ।
नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट नपाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् ।
गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठले पाएका छन् ।