शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

सोमबार, बैशाख १२ २०७९

विराटनगर। प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ ।

उनी नेता डा. शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् । 

कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ । 

मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो । सबैलाई पछि पार्दै मेयरमाकोइराला उम्मेदवार बनेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवारका रुपमा मानिन्छन् ।