शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा (तस्वीरसहित)

सोमबार, बैशाख १२ २०७९

काठमाडौं । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान- २०२२’ को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ ।  सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेको नेपाली सेनाले जनाएको छ ।

‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्,’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ । 

1.jpg

Capture.PNG

Capture.PNG