शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दिपक पौडेलको ठाउँमा एमालेबाट पोखरा मेयरमा कृष्ण थापा सिफारिस 

सोमबार, बैशाख १२ २०७९

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई टिकट दिइएको छ ।

शनिबार दिपक पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । 

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन् ।

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।  थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।