शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्की

सोमबार, बैशाख १२ २०७९

काठमाडौँ l नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। एमालेले मेयरमा एमाले विराटनगरका अध्यक्ष रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेले थापाको नाम पहिलो नंबरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम सहित केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो ।

यस्तै केन्द्रिय समितिले उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। कार्की अखिल नेपाल महिला संघ, मोरङकी अध्यक्ष रहेकी छन्।

एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय कमिटीले गर्ने अधिकार रहेको छ।

विराटनगरमा उम्मेदवारको नाम टुंग्याएसँगै एमालेले देशभरीका छ वटै महानगरमा मेयर र उपमेयरको नाम टुंग्याएको छ ।