शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काभ्रेमा: टिकटको विवादमा मेयरका प्रत्यासी कुटिए

सोमबार, बैशाख १२ २०७९

काठमाडौँ l काभ्रेको नमोबुद्ध नगरपालिकामा मेयरका दावेदार रोशन पाण्डे कुटिएका छन् । उम्मेदवारको टिकट सम्बन्धी विवाद हुँदा पाण्डे कुटिएका हुन् ।

पाण्डेलाई कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका बताईएको छ ।

आक्रमणबाट पाण्डे घाईते भएका छन् । उनको अनुहारमा चोट लागेको छ ।

बनेपामा भएको सो घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

काभ्रे कांग्रेसका पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन् भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर भएको प्राप्त समाचारमा बताईएको छ ।