बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जिल्ला तहमा तालमेल हुन नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

आइतबार, बैशाख ११ २०७९

काठमाडौं । जिल्ला जिल्लामा केन्द्रले गरेको निर्णय उल्टिन थालेसँगै पाँच दलीय सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान गठबन्धन दलको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने बताइएको छ ।
केन्द्रमा ६ वटै महानगर र ११ वटा उपमहानगरमा भागबन्डा गरेका पाँच दलीय गठबन्धनले जिल्लामा भने कतै गठबन्धनलाई निरन्तरता त कतै एक्ला एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि त्यस बारेमा छलफल गर्न बैठक बस्न लागेको हो। धेरैजसो जिल्लामा गठबन्धन नै हुन नसकेको तथा भएका ठाउँमा पनि उम्मेदवारी मनोनयन सुरु हुनु अघि नै सहमति उल्टिन थालेका छन् ।

शनिबार मात्र सत्ता घटक दल नेकपा एसका अध्यक्ष माधव नेपालले गठबन्धनप्रति आशंका व्यक्त गर्दै गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको आरोप लगाएका थिए । यसैगरी भरतपुरलगायत केही स्थानको तालमेललाई लिएर नेपाली कांग्रेस भित्र विवाद छ ।

शनिबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो।  शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो ।