बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गठबन्धनमा सहमति नजुटेपछि मुगुमा मित्रवत् प्रतिस्पर्धा 

आइतबार, बैशाख ११ २०७९

एमाले इलाम पार्टी कार्यालयमा तालाबन्दी, २२ जनाले गरे सामुहिक राजीनामा घोषणा
इलाम । नेकपा एमाले इलामको पार्टी कार्यालयमा उम्मेद्धारी छनौटमा असन्तुष्टी जनाउँदै तालाबन्दी गरिएको छ । 

शनिबार साँझ इलाम नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंग्गिएको भनेर सामाजिक संजाल मार्फत सार्वजनिक भएसंगै असन्तुष्ट पार्टीका युवाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

मेयरमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी भट्टराईलाई मेयरमा सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरी सहित २२ जनाले सामुहिक राजीनामा दिनुभएको छ ।
एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराईसंगै धिरेन चेम्जोङ, कृष्ण श्रेष्ठ  लगायको नाम सिफारिस भएको थियो ।

(