शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तुलसीपुरमा गठबन्धनबाट मेयरमा गिरी र उपमेयरमा राना

आइतबार, बैशाख ११ २०७९

काठमाडौँ l तुलसीपुर उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्।

नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरको मेयरमा गिरीलाई मेयर बनाउने निर्णय गरेको हो। त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले उपमेयरमा रानालाई उम्मेदवार बनाउने तय गरेको छ।

सत्तारूढ गठबन्धनबीच भएको तालमेलमा कांग्रेसलाई मेयर तथा एकीकृत समाजवादीलाई उपमेयर दिने सहमति भएको थियो। गिरी कांग्रेसका केन्द्रीय सदस्य हुन् भने राना एकीकृत समाजवादी दाङका इन्चार्ज हुन्।

कांग्रेसबाट आफूले टिकट पाएको गिरीले बताए। “पार्टीको प्रदेश समितिले मलाई टिकट दिने निर्णय गरेको छ,” उनले भने, “अहिले बुटवलबाट दाङ फर्किंदै छु, भोलि उम्मेदवारी दिन्छु।”

त्यस्तै, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज रानाले पार्टीले आफूलाई टिकट दिएको बताए। “पार्टीले मलाई टिकट दिएको छ, अब गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिन्छ,” उनले भने।