शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले केही महानगर र उपमहानगर किन बाँकी राख्यो ?

आइतबार, बैशाख ११ २०७९

काठमाडौं । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार अबेर सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले महानगरपालिका र  उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज महानगरका प्रमुख उपप्रमुख टुंग्याएको एमालेले भरतपुरको उपप्रमुख,  वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको छ ।

 
यसैगरी एमालेले उपमहानगरपालिकाको हकमा जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ । जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी  छ । 

बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ ।