बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कस्तो रहला आजको मौसम ?

आइतबार, बैशाख ११ २०७९

काठमाडौँ l अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । बिहान गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश नं. १ र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रदेश नं. १ र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैबीच, प्रदेश नं. १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।