बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गरिमा विकास बैंकको त्रैमासिक नाफा चार करोड ६८ लाख

मंगलबार, कार्तिक २३ २०७३

काठमाडौं, 
गरिमा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ६८ लाख दुुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई करोड ९१ लाख ५९ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख ११ हजार पाँच सय १० रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ अर्ब एक करोड २९ लाख ९६ हजार नौ सय ३० रुपैयाँ निक्षेप संंंकलन गरी एक अर्ब ८२ करोड ९३ लाख ९२ हजार आठ सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ६२ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा १३ करोड ३३ लाख ६७ हजार चार सय ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुुई करोड ७७ लाख ५० हजार चार सय ७० रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६६ प्रतिशत रहेको छ भने स्प्रेडदर छ दशमलव ३९ प्रतिशत रहेको छ । 
गत आवको सोही अवधिमा बैंकले छ अर्ब ५९ करोड २३ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९३ करोड सात लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । घरजग्गा क्षेत्रमा १६ करोड ७३ लाख ४५ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको बैंकले उक्त अवधिमा सात करोड ९५ लाख ४३ हजार रुपैयाँ रहेको थियो । प्रोभिजन रकम ९४ लाख चार हजार रुपैयाँ रहेकोे बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ३१ प्रतिशत रहेको थियो भने स्प्रेडदर छ दशमलव ७९ प्रतिशत रहेको थियो ।