बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कस्तो रहला आजको मौसम ?

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौँ l जल तथा माैसम विज्ञान विभागका अनुसार आज २०७९ बैशाख ०९ गते (शुक्रबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । 

गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।