काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक जारी छ । आज बिहान ११ बजेदेखि ए वान पार्टी प्यालेस, शंखमुलमा बैठक बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक पनि आज बस्दैछ ।
बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उक्त बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने छ ।