बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रुसी एक वरिष्ठ अधिकारीले गरे युक्रेन युद्ध रोकिन सक्ने संकेत

बिहिबार, बैशाख ८ २०७९

किभ । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । उनको उक्त अभिव्यक्तिले दुई देशबीचको युद्ध रोकिन सक्ने संकेत देखिएको छ ।

रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगको कुराकानीमा सो विचार व्यक्त गरेका हुन् । 

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् । युक्रेनमाथिको कारबाही योजनबद्ध ढंगले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए ।
एजेन्सी